आइसोलेसनमा नाँचे कोरोना संक्रमित

नेपालगन्ज : नेपालगन्ज धम्बोझीमा रहेको होटल सिटि प्यालेसमा स्थापना गरिएको आइसोलेसनमा तनाव कम गर्न कोरोना संक्रमितहरुका लागी होटलले मनोरन्जन प्रदान गर्न नाचँ गानको व्यवस्था गरिदिएको छ ।

पाँच दिन अघि स्वास्थ्य कार्यालय, नेपागन्ज उप महानगरपालिकाको व्यवस्थापनमा स्वयम संक्रमितले होटलको भाडा तिर्ने गरि कोरोना संक्रमितहरुलाई राखिएको थियो ।

कोठामा दिनभर बसेर तनाव लिएको हुनसक्ने भएको हुनाले होटलले कसरत सगै मनोरन्जन प्रदान होस भन्ने हेतुले साझको समयमा केहि बेर नाचँ गनको व्यवस्था गरिदिएको हो ।

होटलले यसरी व्यवस्थापन गरिदिदाँ कोरोना संक्रमितहरु खुसिले नाचेका थिए । एक छिन भएपनि रमाउन पाइयो एक कोरोना संक्रमितले भने ।

लक्षण नदेखिएका कोरोना संक्रमितहरु रहेका होटलमा एक आपसमा चिनजान गर्ने सुख दुख साटासाट गरेर मन भुलाउने गरेका छन ।

प्रतिक्रिया