खजुरा :

खजुरा गाउँपालिका पशु सेवा शाखाले आज एक दिने जुनेटिक रोग सम्बन्धी अन्तरक्रिया गरेको छ ।
पशुबाट मान्छेलाई सर्ने रोग बाट गाउँपालिकाका व्यवसायिक किसानलाई जानकारी दिन अन्तरक्रिया गरिएको पशु सेवा शाखाका प्रमुख रत्न बहादुर शाहिले जानकारी दिनुभयो ।
गाउँपालिकाका उप प्रमुख एक माया विकको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा पशुसेवा शाखाले हाल प्रदान गरिरहेको सेवा सुविधाको बारेमा पनि जानकारी गराइएको थियो ।
शाखाले किसानहरुका लागी स्थानिय पशु सेवा प्रसार कार्यक्रम सन्चालन गरेको जनाएो छ ।
बन्धाकरण लगाएत माइनर सर्जिकल सेवा निःशुल्क प्रदान गर्दे आइरहेको पशु सेवा शाखाले विभिन्न वडामा किसानहरुलाई समुह गठन गराएर व्यवसायिक रुपमा पशुपक्षि पालन गर्न हौसला दिने, सहयोग गर्ने गरेको शाखा प्रमुख शाहिले बताउनुभयो ।
अन्तरक्रियामा वडा नम्बर २ का अध्यक्ष देविलाल शर्मा, ३ नम्बर वडाका अध्यक्ष कान्तुराम गौतम, ४ नम्बर वडाका अध्यक्ष तिलकविर सुनार, कार्यपालिका सदस्य, व्यवसायिक किसान, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।










