नेपालगंज : बाँकेमा कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिदा केहि दिन यता कोरोना संक्रमितको संख्यामा उकालो लागेको छ ।
बाँकेमा बुधबारसम्म ६६३ जम्मा कोरोनाको पोजेटिभ केस देखिएको छ, आज मात्रै बाँकेमा ६ जना कोरोना कोरोना पोजेटिभ थपिएका छन् भने आजका दिन सम्म कोरोना जितेर घरजानेहरुको संख्या ४०५ रहेको छ | जसमध्य ४३ जना महिला छन् भने ३६२ जना पुरुष रहेका छन् | त्यस्तै २५५ जना कोरोना संक्रमित जिल्लामा उपचारत रहेका छन् भने ३ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।
बाँके जिल्ला कोरोना संक्रमणको हिसाबले उच्च जोखिमयुक्त जिल्लाको रुपमा रहदै आए पनि सरकारले गरेको १२० दिनको लामो बन्दाबंदी खोले संगै बाँकेमा ब्यापक लापरवाही भएको थियो ।
बाँके जिल्ला प्रशासनले त्यसै स्थितिलाइ मध्येनजर गर्दै र बाँकेमा कोरोना संक्रमण समुदायमा फैलिए संगै निषेधाज्ञा र नेपालगन्जको चारकिल्ला तोकेर सिला समेत गरेको थियो जुन आजबाट हटाइएको छ ।











