फाइल फोटो
नेपालगंज : बाँके कोरोना संक्रमणको हिसाबले उच्च जोखिममा छ भने बाँकेबासीहरु लापरवाही तरीकाले बजारमा निस्कने गरेको पाइए पछी बाँके प्रशासनले मास्क नलगाई हिड्नेलाई चेतावनी सहित रु १०० जरिवाना गर्ने गृहमन्त्रालयको निर्देशन अनुसार १ हजार १ सय १४ जनालाई जरिवाना गरेको छ ।
बाँकेमा मास्क नलाई हिड्नेलाई कारवाही गर्दा एक लाख ११ हजार चार सय रुपैया राजस्व संकलन समेत भएको बाँकेका प्रमुख जिल्ला अधिकारि राम बहादुर कुरुम्बाङले जानकारी दिएका छन् । प्रजिअ कुरुम्बाङका अनुसार उक्त जरिवाना बापत संकलित रकम राजस्व दाखिला गरिएको बताएका छन्।
बाँकेमा मास्क नलागाई हिड्नेहरुको संख्या अत्याधिक भए पछी जिल्ला प्रहरी कार्यालयका एसपी सहित प्रजिअको टोलीले नेपालगन्जमा सचेतना कार्यक्रम र मास्क वितरणको कार्य समेत गरिएको थियो।
बाँकेमा मास्क प्रयोग नगर्नेलाई जनही एक सयका दरले जरिवाना गरिएको थियो । उता बाँके प्रशासनले मास्क प्रयोग नगर्नेलाई जरिवाना गर्दा जनताले भने जरिवाना गरीए पनि उक्त जरिवाना बापतको रसिद नदिएको भन्दै गुनासो गरेका थिए ।
बाँके कोरोना संक्रमणका हिसाबले उच्च जोखिमयुक्त जिल्ला मानिन्छ र हालका दिनमा बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको अवस्था छ ।











