हिजो ६ हजारले घटेको सुनको मूल्य फेरी बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य फेरी उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ हजार ४०० ले बढेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० तोकेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य पनि प्रतितोला रु ८५ ले बढेको हो । आजका लागि चाँदीको मूल्य प्रतितोला रु एक हजार २९५ निर्धारण गरिएको छ ।
 
बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० पुगेको थियो । बुधबार भने सुनको मूल्यमा प्रतितोला  रु छ हजार २०० ले घटेको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । आज विश्वबजारमा प्रतिऔँस एक हजार ९२७.७४ डलरमा झरेको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले अन्तरराष्ट्रिय बजारमै मूल्य बढेकाले नेपालमा पनि फेरी सुनको मूल्य उकालो लागेको बताए । 

प्रतिक्रिया