खुले बाँकेका बैंक, खुलेन बाँकेबासीको चेत

नेपालगंज : जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले बाँकेमा निषेधाज्ञा शुक्रबारसम्म जारी गर्दै पसल, व्यवसाय तथा यातायात सञ्चालनको तयारि थाल्दै गर्दा प्रशासनले जारी सूचनालाई स्थानीय स्तरमा पहिलो दिनदेखि नै अवज्ञा गर्न सुरु गरिएको छ ।


बिहिबार देखि संचालनमा आएका बाँकेका बैंक तथा वित्तीय संस्थाहरुमा देखिएका भिड समेत अत्यासलाग्दो छ । बैंक तथा वित्तिय संस्थाहरुको हकमा बुधबार आवश्यक स्वास्थ्य सुरक्षा सावधानीको प्रबन्ध गरी बिहिबारदेखि सेवा सञ्चालन गर्ने निर्णय प्रशासनले गरेको थियो । तर नेपालगन्जका अधिकाश बैंक तथा वित्तीय संस्थाको अगाडी देखिएका भिड भने सामान्य लाग्दैनन् ।

बाँके जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा मात्रै छैन जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा समेत फैलिएको छ तर पनि बाँकेबासीले त्यसको हेक्का नै नराखेको एक स्थानीय बताउछन् ।

हप्ता दिन निषेधाज्ञा र एरिया सिल हुँदा बैंक तथा वित्तीय क्षेत्रमा साधारण दिनको तुलनामा चाप बढ्ने भएपनि त्यसको सुरक्षा र सजगता नगरबासी स्वयमले गर्नु पर्ने थियो, उनले बताए ।

कोरोना संक्रमण समुदाय स्तरमै फैलिदा समेत बाँकेबासीले देखाएको लापरवाही बाँके जिल्लाकै लागि समेत घातक हुने जानकारहरु बताउदै गर्दा प्रशासनले पनि त्यसतर्फ ध्यान दिन नसकेको बताउछन खजुरा वडा नम्बर एकका श्याम खनाल ।

बिहिबार नेपालगन्जमा अधिकांश खुलेका बैंक तथा वित्तीय संथाको अगाडी सामाजिक दुरी उलंघन सहितको भिड भएको दृश्य साधारण जस्तै लाग्छन । बाँकेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको अवस्था र बैंक तथा वित्तीय संस्था कोरोना संक्रमणको हिसाबले पनि जोखिमयुक्त स्थान रहेकोले बाँकेमा कोरोना संक्रमण बैंक तथा वित्तीय संस्थाबाट नै फैलन सक्ने खतरा रहेको छ ।

प्रतिक्रिया