यी तस्बिर हेर्दा लाग्छन्- “नेपालगन्जमा कोरोना समुदाय स्तरमा फैलिएकै छैन”

नेपालगंज : यी दृश्यहरु नेपालगन्जका विभिन्न स्थानका हुन् , यि दृश्यहरु हेर्दा लाग्दैन कि नेपालगन्जमा कोरोना संक्रमणको खतरा छ । अझ यी दृश्यहरु हेर्दै गर्दा नेपालगन्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको छ भन्ने त कल्पना नै गर्न सकिँदैन ।

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले बाँकेमा निषेधाज्ञा शुक्रबारसम्म जारी गर्दै पसल, व्यवसाय तथा यातायात सञ्चालनको थाल्दै गर्दा प्रशासनले जारी सूचनालाई स्थानीय स्तरमा पहिलो दिनदेखि नै अवज्ञा गर्न सुरु गरिएको छ ।

नेपालगन्जका हरेक ब्यवसायिक पसल, चिया पसल देखि नास्ता पसलसम्म खुलेका छन् । सडकमा अत्याधिक चाप समेत देख्न सकिने नेपालगन्जमा कोरोना भाइरसबाट बच्न अपनाइने सुरक्षाका उपायहरु समेत अपनाइएको देखिदैन ।

बुधबारदेखि अत्यावश्यक सेवाहरु, अत्यावश्यक प्रकृतिका पसल व्यवसाय मात्रै सञ्चालन गर्न दिने प्रशासनको निर्णय भएपनि अन्य पसलहरु पनि खुलेका छन् । कतिपय आधा सटर खोलेर व्यवसाय गरिरहेको बजारमा प्रशस्तै देख्न सकिन्छ ।

 बैंक तथा वित्तिय संस्थाहरुमा सामाजिक दुरि उलंघन गरेको दृश्यहरुले अत्यास लगाउछ भने ती दृश्यहरु हेर्दा नेपालगन्जमा कोरोना संक्रमणको खतरा टरि सकेको आभास समेत गराउछ । निजि सवारीसाधन निर्वाध रुपमा चलेका छन् , रिक्सा तथा अटोरिक्सा चलेका छन् अनि सबै खाले पसल कुनै न कुनै रुपमा खुलेका छन् ।

नेपालगन्ज बजारमा सामान्य अवस्था भन्दा फरक नपर्ने भिडभाड देखिएका छन् । यो दृश्यहरु हेर्दा लाग्छ नेपालगन्जमा कोरोना संक्रमणको खतरा टरि सकेको छ …

प्रतिक्रिया