बाँकेमा दैनिक ६ क्विन्टल च्याउ उत्पादन

नेपालगन्ज :

बाँकेमा दैनिक ६ क्विन्टल च्याउ उत्पादन

च्याउ खेतितर्फ किसानहरुको आर्कषण बढ्दै छ । स्वास्थ्यका लागी लाभदायीक हुनका साथै छिटो र छरितो उत्पादन हुने भएकाले यसतर्फ किसानहरुको आर्कषण बढ्दै गएको हो ।

हाल नेपालमा ३५ हजार भन्दा बढिले व्यवसायिक रुपमा च्याउ खेति गरिरहेका छन् । ५० हजारदेखी २ करोडको लगानीमा नेपालमा च्याउ खेति भइरहेको छ ।

नेपालमा च्याउखेतिको सूरु भएको ४५ वर्ष भयो । आधुनिक तरीकाले च्याउ खेति गर्न थालिएपछि किसानहरुको जीवनस्तरमा सुधार हुन थालेको छ ।

छिटो उत्पादन र नाफा कमाउन सकिने भएकाले च्याउ उत्पादनतर्फ किसानहरुको आर्कषण बढिरहेको च्याउ उत्पादक किसान संघ नेपालका अध्यक्ष प्रेम नारायण अधिकारीले बताए ।

च्याउको उचित बचार व्यवस्थापन बनाउन र उत्पादन बढाउन सघंले देश व्यापी अभियान संचालन गरिसकेको छ । देशभर पुग्दा च्याउखेतिबाटै करोडौ आम्दानी गरेको पाइएको केन्द्रिय अध्यक्ष अधिकारीको भनाई छ । च्याउ खेतिबाटै जीवनस्तर माथि उकासिएका उदाहरण उनले सुनाए ।

जसमध्ये बाँकेमा ६५ जना भन्दा बढि किसानले व्यवसायीक रुपमा च्याउ उत्पादन गरिरहेको च्याउ उत्पादन किसान संघ नेपाल बाँकेका अध्यक्ष मिलन वस्नेतले बताए ।

तर यहाँका च्याउ किसानलाई ल्यावको आवश्यक्ता देखिएको छ । किसानहरुले च्याउको विउ काठमान्डौ लगायत बाहिरी जिल्लाबाट ल्याउनुपर्ने वाध्यता रहेको बताएका छन् । बिउ यहि उत्पादनका लागी ल्याबको आवश्यक्ता भएको बाँके खजुराका नारद प्रशाद शर्माले बताए ।

जिल्लामा दैनिक ६ क्विन्टल च्याउ उत्पादन भइरहेको छ । तर उत्पादन गरेको च्याउ बजारीकरणका लागी निश्चीत ठाँउ नहुदा समस्या भएको नेपालगन्जकी च्याउ उत्पादक किसान विन्दा खरेलले बताइन् ।

च्याउ उत्पादन गर्ने किसान स्वयमले च्याउलाई निकालेकोे २४ घण्टाभित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ । लामो समयसम्म राख्दा विग्रन सक्ने भएकाले तुरुन्त प्रयोग गरिसक्नुपर्ने विशेषज्ञहरु बताउछन् ।

नेपालगन्ज उपमहानगरपालीकाको रानीतलाउ सव्जीमण्डीमा च्याउका लागी छुटै स्टलको व्यवस्था गर्न उनिहरुले माग गरेका छन् । संघका प्रदेश ५ का अध्यक्ष केवल प्रसाद शर्माले च्याउ किसान बढिरहेकाले प्रदेश ५ च्याउमा आत्मनिर्भर हुने तयारीमा रहेको बताए ।

बाँकेका स्थानीय तहले पनि च्याउ खेति गर्ने किसानलाई शौलियत र अनुदानको व्यवस्था गरेको छ । नेपालगन्ज उपमहानगरपालीकाका मेयर डा. धवल शम्शेर राणाले च्याउखेति गर्न चाहाने व्यक्ति, या समुहलाई नेपालगन्ज उपमहानगरपालीकाले तालीमको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

किसानहरुले भारतबाट आयात भइरहेको अवैध र गुणस्तरहिन च्याउको आयात रोक्न पनि माग गरेका छन् । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले नाकाबाट हालसम्म च्याउ नभित्रिएको बताए । भित्रिएको जानकारी पाएमा कडा कारबाहि गर्ने जनाए ।

प्रतिक्रिया