राम जन्म भुमि निर्माण ट्रस्टका अध्यक्ष रहेका महन्तमा कोरोना पुष्टि, मोदीले गरेका थिए टिका ग्रहण

एजेन्सी :

अयोध्याको राम जन्म भुमि निर्माण ट्रस्टका अध्यक्ष समेत रहेका महन्त नृत्य गोपाल नाथको कोरोना संक्रमण पुष्टि भएको छ |

भारतीय संचार माध्यमका अनुसार  ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल नाथलाई स्वासप्रास्वासमा समस्या आए पछी उनको कोरोना चेकजांच गरिएको थियो , चेकजाँचको क्रममा उनको कोरोना पुष्टि भएको हो |

भारतीय संचार माध्यमका अनुसार महन्त राम मन्दिर निर्माणको भुमि पुजन कार्यक्रममा सहभागी भएका थिए र भारतका प्रधानमन्त्री मोदीले अयोध्याको राम मन्दिर निर्माणको भुमि पुजनका क्रममा महन्त नृत्य गोपाल नाथबाट टिका ग्रहण गरेका थिए |

महन्तमा कोरोना पुष्टि भए संगै यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले उनको उपचारमा कुनै कमि हुन नदिन निर्देशन दिएका छन् |

प्रतिक्रिया