काठमाडौं – युभेन्टसले स्पेनिस क्लब बार्सिलोनालाई विश्व चर्चित खेलाडी तथा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अफर गरेको छ । युभेन्टसले रोनाल्डोलाई क्लबमा अनुबन्ध गर्न भन्दै बार्सिलोनालाई प्रस्ताव गरेको हो ।

यसअघि क्रिस्टियानो रोनाल्डो रियल म्याट्रिडमा ९ बर्ष बताएर युभेन्टसमा २०१८ मा गएका थिए । उनी खेलेको दुई सिजनमा पनि युभेन्टसलाई रोनाल्डोले च्याम्पियन्स लिग जिताउन सकेनन् ।

गएको सिजनमा क्वार्टरफाइनलबाट नै युभेन्टस बाहिरिन पुग्यो । यदि बार्सिलोनाले प्रस्ताव स्वीकारेमा रोनाल्डो र लियोनेल मेस्सी एउटै क्लबमा सँगै खेल्नेछन् ।
यी दुई खेलाडी १४ बर्षदेखी खेल क्षेत्रमा चर्चामै रहेका छन् । रियल म्याड्रिडका पुर्व खेलाडी समेत रहेका रोनाल्डोले अहिलेसम्म महँगो तलब बुझ्दै आएका छन् ।











