नेपालगन्जको त्रिवेणी मोडमा भेटिएको शंकास्पद सुटकेसमा बम नभएको पुष्टि

नेपालगन्जको त्रिवेणी माेडमा भेटिएकाे शंकास्पद सुटकेसमा बम नभएकाे पुष्टि भएकाे छ ।

घट्नास्थलमा पुगेकाे नेपाली सेनाको डिस्पोजल टाेलीले भेटिएको शुटकेश खाेलेर हेर्दा नभएकाे भेटिएकाे छ ।

सेनाले शुटकेश खाेल्दा भित्र कपडा भरिएको पाईएकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज खत्रीका अनुसार शुटकेशभित्र कपडा बाहेक अरू केही नभएकाे बताउनुभयो ।

बिहीबार साँझ करिब ८ बजे त्रिवेणी माेडमा ताल्चा लागेकाे शुटकेश भेटिएपछि स्थानीयमा त्रास उत्पन्न भएकाे थियाे ।

माेडकाे उत्तर पश्चिम पट्टी घर अगाडिको चाैताराेमा शुटकेश फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेकाे प्रहरीले साे क्षेत्रमा सावधानी अपनाएकाे थियाे ।

प्रतिक्रिया