इशाका रनिङ शिल्ड सम्पन्न , तिनै तहको उपाधी अरुणोदय माबिलाइ

खजुरा:

इशाका रनिङ शिल्ड सम्पन्न , तिनै तहको उपाधी अरुणोदय माबिलाइ

खजुरा गाउँपालिका -४ स्तिथ डि गाउँको खेलमैदानमा जारी चौथो इशाका स्पोर्ट्स मिट-२०७६ भब्य रूपमा सम्पन्न भएको छ ।

प्रतियोगितामा प्राबी, निमाबी र माबी गरि ३ तहमा एथलेटिक्स र भलिबल तथा ज्याभलिङ्ग एवं सटफुटका खेलहरु सम्पन्न भएको छ।

प्राबी तर्फ ४ गोल्ड र २ ब्रोन्ज सहित अरुणोदय बोर्डिङ स्कुल खजुरा प्रथम भएको छ भने निमाबी र माबी तर्फ पनि क्रमश ३ गोल्ड र २ सिल्भर र ४ गोल्ड, ४ सिल्भर र २ ब्रोन्ज सहित अरुणोदय बोर्डिङ स्कुल नै प्रथम भएको सचिवालय संयोजक भोला कुमार मल्लले जानकारी दिनुभएको छ।

त्यस्तै, छात्र तथा छात्रा दुबै तर्फको भलिबलमा गुराँस चाइल्डहुड एकेडमी प्रथम र अरुणोदय बोर्डिङ स्कुल दोस्रो भएको छ भने छात्र तर्फ धुर्बतारा बिधा मन्दिर तृतीय र छात्रा तर्फ दिपक बोर्डिङ स्कुल तृतीय भएको आयोजकले जनाएको छ।

कार्यक्रममा विभिन्न खेलमा प्रथम , दोस्रो र तेस्रो हुनेलाई मेडल तथा प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रमको समापन गर्दै इशाका अध्यक्ष सतिश निरौलाले खेल आयोजना गरि भब्य रूपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी बर्षको प्रतियोगिता अझै भब्यरुपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया