नेपालगंज : बाँकेमा साउन १७ गते देखि जारि निषेधाज्ञा हट्ने भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङका अनुसार आज राति १२ बजे पछी बाँकेमा लगाइएको निषेधाज्ञा हट्ने भएको छ । लगातार रुपमा बाँकेमा कोरोना संक्रमणको डर बढे संगै निषेधाज्ञा थपिदै लागिएको थियो ।
तर बाँकेमा निषेधाज्ञा हटे पनि कोरोना संक्रमणको खतरा रहेकाले प्रजिअ कुरुम्वाङले सावधानी अपनाउन सबैमा आग्रह गर्नुभएको छ ।
त्यस्तै बाँकेका प्रजिअ कुरुम्वाङले पसलहरु खोल्दा समेत सावधानी अपनाउन समेत आग्रह गर्नु भएको छ र सावधानी नअपनाइए सय रुपैया जरिवाना सहित एक हप्ता पसल बन्द गर्नु पर्ने सम्मका कारवाही हुने जनाएका छन् ।
उनले आफ्नो सामाजिक संजलामा लेखेका छन् – “निषेधाज्ञा पछि पसल खोल्दा भौतिक दुरि कायम गर्न डोरि, मास्क र स्यानिट्याइजरको ब्यवस्था गर्नु पर्नेछ , मास्क नलगाई आउनेलाई सेवा दिन पाईने छैन । अन्यथा अनुगमन टोलिले रु १०० जरिवाना गरि ७ दिनलाई पसल बन्द गर्नेछ”











