सभासद ‘नमुना’ प्लाज्मा थेरापीको लागि रगत दिन तयार

रामु ओली ,नेपालगंज : बाँकेका प्रदेश सभासद कृष्णा केसी ‘नमुना’ले आफु कोरोना संक्रमणबाट निको भए संगै जटिल अवस्थामा रहेका कोरोना संक्रमिताहरुको उपचार सम्भव भएको भनिएको प्लाज्मा थेरापीकोलागि आफ्नो रगत उपलब्ध गराउने घोषणा गर्नुभएको छ । सभासद नमुनाले उक्त घोषणा गर्दै आफ्नो रगत  समूह समेत बताउनुभएको छ ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेको बाँकेमा कोरोना संक्रमणको सुरुवाती दिन देखि नै सभासद नमुना फ्रन्टलिनमा रहेर उद्दार,राहत र ब्यवस्थापनमा खटिनु भएको थियो ।

जनताको सेवा गर्दा गर्दै आफु पनि कोरोना संक्रमित हुनुभएकी सभासद नमुनाले आफ्नो स्वास्थ्यमा सुधार हुदै गएको र स्वास्थ्य लाभ लिए संगै हाल जटिल अवस्थाका कोरोना संक्रमिताहरुको उपचारमा आएको प्लाज्मा थेरापीको लागि रगत दिन स्वैछिक रुपमा अनुमति दिन्छु सभासद नमुनाले घोषणा गर्दै भन्नु भएको छ ।

के हो प्लाज्मा थेरापी ?

यो उपचार प्रणाली कोरोनाले निको भएका बिरामीको शरीरमा संक्रमणलाई असरहीन बनाउने एन्टिबडी विकास हुने धारणामा आधारित छ । कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिन्छ । हाल सम्म प्लाज्मा थेरापीको लागि नेपाल भर २५ देखि ३० जना जातिले रगत दिन तयार रहेको विभिन्न संचार माध्यममा आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिको परिक्षणका लागि १२ वटा अस्पताल तोकेको छ । कोरोना संक्रमितको परीक्षणका लागि सरकारले तीनवटा निजी अस्पताल र ९ वटा सरकारी अस्पताल तोकेको हो ,जसमध्य बाँकेको भेरी अस्पताल पनि एक हो ।

यद्यपी यो उपचार विधि पूर्ण रुपमा प्रमाणित सफल उपचार विधि भने होइन । विश्वका धेरै देशहरुमा यस बारे थप अध्ययन तथा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया