बाँकेमा १५ हजार ५ सय बढी चेकजाँच हुदाँ ६ सय ९६ कोरोना पोजेटिभ केस

नेपालगंज : बाँके जिल्लामा १५ हजार पाँच सय बढी पिसिआर प्रबिधिद्वारा स्वाब चेकजाँच हुँदा ६ सय ९६ जनामा कोरोनाको पोजेटिभ केस देखिएको छ भने २५० स्याम्पल स्वाब जांचको प्रक्रियामै रहेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले आज जारी गरेको तथ्यांक अनुसार हाल सम्म पिसिआर परिक्षण १५ हजार पाँच सय ९३ वटा स्वाब चेकजाँच गरिएको छ भने ती स्वाब परिक्षणबाट ६ सय ९६ जनामा कोरोनाको पोजेटिभ केस देखिएको हो ।

त्यस्तै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने ४ सय ४४ जना निको भएर घर फर्किसकेका छन् । यता बाँकेमा कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिसकेको छ भने जिल्ला जनस्वास्थ्य र बाँके प्रशासनले कोरोना संक्रमितको ट्रेसिङ र पिसिआर परिक्षणलाई पनि बढाउदै लगेकाले गएको दस दिन यता कोरोना संक्रमितको संख्यामा वृद्धि समेत भएको छ ।

हाल बाँकेमा २५८ जना जिल्लाका विभिन्न स्थानमा रहेका आइसोलेसनमा उपचार गराइरहेका छन् । बाँकेमा आजमात्रै ११ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया