नेपालगन्ज : बाँकेमा आज शनिबार बिजाेर नम्बरका गाडि मात्र चलाउन पाईने भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जनाए अनुसार जिल्लाभर आजदेखि सवारिसाधनमा जाेरबिजाेर प्रणालि लागू गरिएकाे हाे ।
जिल्लामा काेराेना संक्रमण समुदाय स्तरमा फैलिएको र कोरोनाको जाेखिम अझै कायमै रहेकाले सामाजिक दुरि कायम राख्न जाेरबिजाेर प्रणालि लागू गरिएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।
बाँकेका प्रजिअ कुरूम्वाङका अनुसार आज जिल्लामा नम्बर प्लेटकाे अन्तिममा १, ३, ५, ७ र ९ नम्बर रहेका सवारिसाधन मात्र संचालन गर्न पाईने छ ।











