बाँके प्रहरीको निशानमा जोर सवारीसाधन, परे कार्वाहीमा

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार जोर सवारीसाधन चलाउने सवारीधनिलाई कार्वाही गरेको छ ।

बाँकेमा आज शनिबार बिजाेर नम्बरका गाडि मात्र चलाउन पाईने भए पनि नेपालगन्जमा जोर नम्बर प्लेटका सवारीसाधन चलेपछी बाँके प्रहरीले जोर नम्बर प्लेटका सवारीसाधनलाई कार्वाही गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जनाए अनुसार जिल्लाभर आजदेखि सवारिसाधनमा जाेरबिजाेर प्रणालि लागू गरिएकाे हाे ।

बाँके प्रहरीले शनिबार चलाएको जोर नम्बरका सवारीसाधनलाई पाँच सय देखि १५ सयसम्म जरिवाना गरेको बताइएको छ ।

जिल्लामा काेराेना संक्रमण समुदाय स्तरमा फैलिएको र कोरोनाको जाेखिम अझै कायमै रहेकाले सामाजिक दुरि कायम राख्न जाेरबिजाेर प्रणालि लागू गरिएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

प्रतिक्रिया