सांकेतिक फोटो
नेपालगंज : नेपालगंज न्युरोडमा रहेको न्यु इन्द्रेणी होटेल पनि ‘सेल्फ पे आइसोलेसन’ को रुपमा परिणत भएको छ |
जिल्ला कोभिड १९ संकट व्यवस्थापना केन्द्र (डीसिसिएमसी) बाट स्वास्थ्य कार्यालय बाँके, नेपालगंज उपमहानगरपालिकाको समन्वयमा आफै खर्च व्यहोर्नेहरु गरि आइसोलेसन बनाउने तयारि गरिएको छ |
बिरामीले सेल्फ आइसोलेसनमा बस्दा स्वास्थ्य सेवा र सुरक्षा जिल्ला कोभिड १९ संकट व्यवस्थापना केन्द्र (डीसिसिएमसी) मार्फत गरिने छ भने आइसोलेसनमा बस्दा खाना र बासको खर्च आफै व्यहोनु पर्ने छ |
यसअघि बाँकेमै पहिलो पटक होटेल सिटि प्यालेसलाई (डीसिसिएमसी) को समन्वयमा सेफ पे आइसोलेसनको रुपमा परिणत गरिएको थियो | तारे होटेलको रुपमा रहेको सिटि प्यालेस केहि महँगो भएको र मध्यमा खालको होटेललाई समेत आइसोलेसनका रुपमा परिणत गर्नु पर्ने आवाज जनमानसमा उठेको थियो |
स्थानीय तथा तथा जिल्लाले आफै संचालन गरेको आइसोलेसनको अवस्था दयनीय रहेको भन्दै बाँकेमा हाल सेल्फ पे आइसोलेसनमा कोरोना संक्रमितहरु आकर्सित बनेका छन् |












