नेपालगन्ज : कोहलपुर नगरपालिकाले आईतवारबाट कोहलपुरमा लकडाउन गर्ने गरेको निर्णयप्रति कोहलपुर उद्योग वाणिज्य संघले बिरोध जनाएको छ ।
शनिवार नगरप्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लकडाउन घोषणा गर्दै आफु मातहतका सरकारी कार्यायल देखि बैंक तथा वित्तीय संस्था, व्यापार, व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयले उद्योगी, व्यवसायीलाई मर्माहत बनाएको भन्दै यता कोहलपुर उद्योग वाणिज्य संघले भने बिरोध जनाउँदै आफुहरुका माग सम्बोधन नभए भदौ १ गतेबाट पसल, व्यवसाय सन्चालन गर्ने चेतावनी दिएको छ |
ब्यवासायिहरुले कोहलपुर क्षेत्रको मात्र व्यवसाय बन्द गर्दा कोहलपुरको व्यवसाय धरासायी हुने भन्दै आफ्नो बिरोध गरेका छन् |
हेर्नुस बिरोध पत्र तथा मागहरु













