जोरबिजोर प्रणाली उलंघन गर्नेलाईं धमाधम कारवाही गर्दै बाँके प्रहरी

नेपालगंज : बाँकेमा शनिबार देखि जोर बिजोर प्रणाली अनुसार मात्रै सवारिसाधन प्रयोग गर्ने पाउने  व्यवस्था भए संगै बाँके प्रहरीले हिजो देखि सुरु गरेको कारवाहीको अभियान आज पनि जारि छ ।

जोर बिजोर प्रणाली उलंघन गरि जोर को दिन बिजोर र बिजोर को दिन जोर सवारीसाधन  प्रयोगमा ल्याउनेलाई बाँके प्रहरीले धमाधम कारवाहीको अभिया सुरु गरेको छ  ।

बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिए पछी बाँके प्रशासनले लगाएको निषेधाज्ञा खोले पनि सवाधानी अपनाउन र भिडभाड नगर्न भन्दै जोर बिजोर प्रणाली सुरु गरेको थियो  ।

बाँके प्रहरीले हिजो मात्रै जोर बिजोर प्रणालीको उलंघन गर्ने दुइ सय बढी सवारीधनीलाई कारवाही गरेको छ भने ५ सय देखि १५ सय सम्म जरिवाना समेत गरिएको छ ,जसबाट करिब ७० हजार रुपैया राजस्व समेत संकलन भएको बाँकेका प्रमुख जिल्ला अधिकारि राम बाहादुर कुरुम्बांगले जनाएका छन्  ।

प्रतिक्रिया