बाँकेमा आईतबार २० जना कोरोना संक्रमित थपिएका छन् जसमध्य १५ जना सशस्त्र प्रहरी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा सडक डिभिजनस्थित कार्यरत मध्ये १५ सशस्त्र प्रहरीलाई कोरोना देखिएको हो ।
यसअघि दुई जनालाई संक्रमण भएको थियो । उक्त गुल्ममा कार्यरत सशस्त्र प्रहरी कोडिभ संकट व्यवस्थापनमा नेपालगन्जमा फ्रन्टलाइनमा खटिएका थिए । उनीहरु क्वारेन्टाइन देखि आइसोलेसन व्यवस्थापनसम्मका काममा लागेका थिए ।
आज सशस्त्र प्रहरी सहित बैंकरमा समेत कोरोना पुष्टि भएको हो ।











