नेपालगंज : बाँके कोहलपुरको रारा बिजय बहुउदेश्यी सहकारी संस्था लिमिटेडले आफ्नो २१ जना कर्मचारीको कोरोना बिमा गरेको छ ।
सहकारीले आफ्नो मुख्य कार्यालय कोहलपुर र शाखा कार्यालय जि गाउँमा रहेका कर्मचारीहरुको कोरोना बिमा गरेको हो ।
बिश्व यतिबेला कोरोनाबाट त्रसित भएको अबस्थामा फिल्डमा खटिने कर्मचारीहरुको सुरक्षाका लागि कोरोना बिमा गरिएको सहकारीका प्रबन्धक दिपक राईले बताए ।
उनले भने कोहलपुर र जि गाउँ कार्यालयमा रहेका कर्मचारीहरुको एक एक लाख बराबरको कोरोना बिमा गरिएको हो । यसरी कर्मचारीहरुको सुरक्षाका लागि संस्थाले उनीहरुको सम्मान र हौसाला स्वरुप बिमा गरिएको जनाए ।
बाँकेमा कोरोना संक्रमण बढे संगै व्यक्तिगत तथा संस्थागत रुपमा कोरोना बिमा गर्नेहरुको संख्यामा ह्वात्तै बृद्दी आएको छ ।









