विश्वभर कोरोना संक्रमित हुनेको संख्या दुई करोड १८ लाख

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड १८ लाख पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख १२ हजार १६३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ करोड १८ लाख १७ हजार ६५० पुगेको छ । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ७२ हजार ७५१ पुगेको छ ।  

संक्रमितमध्ये एक करोड ४५ लाख ५३ हजार १९१ जनाले यस भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएको तथ्यांक संकलक वल्र्डवमिटरडटकमले जनाएको छ । निको र मृत्यु हुनेबाहेक अहिले सक्रिय संक्रमितको संख्या ६४ लाख ९१ हजार ७०८ रहेको छ । तीमध्ये ६४ हजार ४८५ जना गम्भीर बिरामी रहेका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ५५ लाख ६६ हजार ६ सय पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १२८ पुगेको छ । २९ लाख २२ हजार ७१० जना निको भएर घर फर्केका छन् भने १७ हजार २३७ जना गम्भिर अवस्थामा रहेका छन् ।

अमेरिका पछि सबैभन्दा बढी ब्राजिलमा कोरोना भाइरस फैलिएको छ । त्यहाँ संक्रमितको संख्या ३३ लाख ४० हजार १९७ पुगेका छ भने मृत्यु हुनेको संख्या १ लाख ७ हजार ८७९ रहेको छ ।

प्रतिक्रिया