बाँकेमा आज यी नम्बर प्लेट भएका सवारीसाधन चलाए कारवाही

नेपालगंज : जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार देखि बाँकेमा सवारीसाधनमा लगाएको जोरबिजोर प्रणाली अनिसार आज बिजोर नम्बर प्लेट भएका सवारीसाधन मात्रै चल्ने पाउने भएको छ ।

सवारीसाधनको अन्तिम नम्बर १, ३ , ५ ,७ र ९ भएका सवारीसाधन मात्रै आज बाँकेमा चल्न पाउने छन् भने सवारीसाधनको अन्तिममा ०, २, ४, ६, ८ नम्बर भएका सवारीसाधन भने चल्न पाउने छैन यदि जोरबिजोर प्रणालीको उलंघन गरे प्रहरीले पंचा सय देखि १५ सय सम्म जरिवाना गर्दै आएको छ ।

बाँके जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिदै गए पछी कोरोना संक्रमितको संख्यामा समेत उकालो लागेको छ ।एकातिर कोरोना संक्रमितको संख्यामा दैनिक उकालो लाग्ने र बजारमा अनावश्यक रुपमा भिड रहने अवस्था देखा परे पछी बाँके प्रशासनले शनिबार देखि लागुहुने गरि जिल्लामा जोरबिजोर प्रणाली लागु गरेको हो ।

प्रतिक्रिया