कैलालीमा तिज मनाउन नपाइने, बाँकेमा के होला ?

नेपालगंज : कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि कैलालीमा सामूहिक रूपमा गौरा तथा तीज नमनाउन आग्रह गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सामूहिकरूपमा गौरा तथा तीज नमनाउन आग्रह गरेको हो।
 

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले तीज नमनाउन आग्रह गरेपछि कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिकाले नागरिकलाई तीज पर्वमा भीडभाड गर्ने कार्य नगर्न आग्रह गरेका छन् । लम्कीचुहामा बसेको सर्वदलीय बैठकले यस वर्षको तीज नमनाउन अपिल गरेको छ ।

कोरोना जोखिमलाई मध्यनजर गर्दै कैलालीले तिज तथा गौरा पर्व सामुहिक रुपमा नमनाउना आग्रह गर्दै गरेको बेला बाँकेमा के होला भन्ने एक किसिमको उत्सुकता बढेको छ ।

बाँकेमा कोरोना संक्रमण चरम अवस्थामा पुग्ने स्थिति देखा परेको अवस्थामा बाँके प्रशासनले कस्तो किसिमको एक्सन लिंछा त्यो हेर्न बाँकी छ बाँकेका पत्रकार कमल न्यौपालेले बताए ।

बाँकेमा कोरोना संक्रमण समुदायमा पुगिसकेको छ बाँकेको भिआइपी देखि पत्रकार र सभासद देखि सर्वासाधाराण अनि चिकितासक समेत संक्रमित बनिसकेका छन् ।

यता बाँके प्रशासनले बन्दाबंदी पनि हटाएको छ , बजारको अवस्था हेर्दा बाँकेमा कोरोना संक्रमणको जोखिमनै छैन जस्तो देखिन्छ भने बाँकेका केहि स्थानीय तहले भने तिजको दिन सम्म निषेधाज्ञा जारि गरेको छ ।

प्रतिक्रिया