नेपालगंज : नेपालगंजमा सुरक्षाका साधन प्रयोग नगर्ने ,मास्क र स्यानिट्याइजरको ब्यवस्था नगर्ने पसलहरुलाई कारवाही गर्न थालेको छ ।
आज नेपालगन्जका केहि पसलहरुलाई कारवाही समेत गरिएको छ ,त्यस्ता पसललाई नेपाल प्रहरी, सशस्त्र प्रहरी सम्मेलित अनुगमन टोलीले बन्द गराएको छ ।
बाँकेमा निषेधाज्ञा पछि पसल खोल्दा भौतिक दुरी कायम नगरी पसल संचालन गरेको पाइए एक सय रुपैया जरिवाना सहित सात दिनलाई पसल बन्द गर्नु पर्ने बाँकेका प्रमुख जिल्ला अधिकारि राम बहादुर कुरुम्वाङले निषेधाज्ञा खुले संगै उद्घोष गरेका थिए ।
प्रजिअ कुरुम्वाङले अटेरी गर्ने पसलेहरुलाई अनुगमन टोलिले रु १०० जरिवाना गरि ७ दिनलाई पसल बन्द गर्न सक्ने बताएका थिए भने हाल त्यस्ता पसलहरुको अनुगमन गर्दै कारबाही सुरु गरिएको छ ।











