खजुरामा मेयर रनिङ शिल्ड प्रतियोगिता शुरु , पुर्व खेलकुद मन्त्री शेर्पालीले गरे उद्घाटन

नेपालगन्ज :

खजुरामा मेयर रनिङ शिल्ड प्रतियोगिता शुरु ,पुर्व खेलकुद मन्त्री शेर्पालीले गरे उद्घाटन

शिक्षा स्वास्थ्य र खेलकुद खजुराको सान , विविधतामा एकता हाम्रो पहिचान भन्ने मुल नारा सहित बाँकेको खजुरामा दोस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद आजबाट सुरु भएको छ ।

मेयर रनिङ शिल्ड खेलकुदको पुर्व खेलकुद मन्त्री दलजित शिर्पालीले पानसमा बत्ती बालेर उद्घाटन गरे ।

खजुरा गाउँलालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेश सभासद बाबुराम गौतम , आईपि खरेल, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख ,खजुरा गाउँपालिका उप-प्रमुख एकमाया बि.क., वडा अध्यक्ष , कार्यपालिका सदस्य लगायतका उपस्थिति थियो ।

खेलकुदमा ६५ निजि तथा समुदायिक विद्यालयका एक हजार चार सय ६ खेलडिले भाग लिएका छन् भने खेलकुदमा ६५ वटा नै खेलहरु समावेश गरिएको छ ।

खजुरा गाउँपालिका शिक्षा समितिको आयोजना तथा अमर माबी गौतमबस्तीको ब्यवस्थापनमा सुरु भएको दोस्रो अन्तर माबी मेयर रनिङ शिल्ड माघ तीन गते सम्म चल्ने छ ।

प्रतिक्रिया