बाँकेमा स्वास्थ्य सम्बन्धि मापदण्ड पालना नगरे ७ दिन पसल बन्द

नेपालगंज : बाँकेमा स्वास्थ्य मापदण्ड पालना नभएका पसलहरुलाई एक हप्ता बन्द गरिने भएको छ ।

आज बाँकेमा पैदल अनुगमनकर्ताहरुले पसलहरुको फोटो खिच्ने छन् र स्वास्थ्य सम्बन्धि मापदण्ड पालना नभएमा ६ दिन पसल बन्द गरिने छ बाँकेका प्रमुख जिल्ला अधिकारि राम अभादुर कुरुम्बांगले बताएका छन् ।

जिल्लामा निषेधाज्ञा हटे पनि कोरोनाको संक्रमण उस्तै रहेकोले सबैले सजगता अपनाउनु पर्ने र बजारमा पसलहरुले सुरक्षाका साधान अपनाउनु पर्ने माक्सा र सेनिटाइजर प्रयोग गर्नु पर्ने र त्यसको व्यवस्था गर्नु पर्ने प्रमुख जिल्ला अधिकारि कुरुम्बांगले आग्रह गरेका छन् अन्यथा अनुगमनकर्ताले भेटे कारबाही गरिने जनाएका छन् ।

उता हिजो नेपालगन्जमा स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा नगर्ने केहि पसलहरुलाई कारवाही समेत गरिएको छ ।

प्रतिक्रिया