नेपालगन्ज : बाँकेमा कोरोना संक्रमणको आकडा दिनप्रतिदिन बढ्दै गर्दा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको छ ।
कुनै पनि ट्राभल हिस्ट्री नभएकामा कोरोना संक्रमण देखिन थाले पछि बाँके प्रशासनले बाँकेमा निषेधाज्ञा गरेको थियो भने केही दिनलाई नेपालगन्ज समेत सिल गर्यो त्यसपछि भने बाँके प्रशासनले दुबै हटाए पनि बाँकेको कोहलपुर नगरपालिकाले आफ्नो क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको छ ।
कोहलपुर उद्योग बाणिज्य संघले त्यसको बिरोध गरेपनी कोहलपुरको निषेधाज्ञा पुर्णतया पालना गरिएको देखिन्छ । कुनै पनि ब्यवसायिक पसलहरु खुलेका छैनन् , अत्यावश्यक बाहेकका सवारीसाधन पनि चेलेका छैनन् भने सडकमा मानिसहरू उपस्थिति पनि न्यून देखिन्छ ।
कोहलपुर नगरपालिकामा कोरोना संक्रमणको ग्राफ बढ्दै गरेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको तथ्यांकले देखाए पनि लकडाउन र त्यसको पालनाको हिसाबले भने कोहलपुर जिल्लामै एक कदम अगाडि देखिन्छ ।









