बाँके :

बाकेको खजुरामा ब्याडमिन्टन हल निर्माण गर्न खजुराका युवाहरुले पहल सुरु गरेका छन् ।
ब्याडमिन्टन क्लब खजुरामा आवद्ध युवाहरू कवर्ड हल निर्माण गर्न जुटेका हुन् । सोमबार बिहान एक कार्यक्रमको आयोजना गर्दै प्रमुख राष्ट्रिय ब्याटमिन्टन प्रशिक्षक सुदिप योन्जन र प्रदेश नम्बर पाँचका वरिष्ठ ब्याडमिन्टन प्रशिक्षक जयन्त कुमार श्रेष्ठको विशेष उपस्तिथितिमा कवर्ड हल निर्माणका विषयमा अन्तरक्रिया गरिएको थियो ।
खजुरामा दुबै प्रशिक्षकलाई स्वागत गर्दै कवर्ड हल निर्माणका लागी जग्गा खोज्ने काम भैरहेको ब्याडमिन्टन क्लबका अध्यक्ष भक्तबहादुर गोदारले जानकारी दिए ।
खजुरामा खेल प्रती रुचि बढाउन तथा नयाँ खेलाडी उत्पादन गर्न तदारुकताका साथ सबै लाग्नु पर्ने सहभागीले बताए ।
अन्तरक्रियामा बोल्दै प्रमुख राष्ट्रिय प्रशिक्षक योन्जनले हल निर्माण हुनु खजुरा क्षेत्रकै गर्वको कुरा हुने भएकाले सबैले अपनत्व लिनु पर्नेमा जोडिएका छन् ।
प्रदेश नम्बर पाँचका वरिष्ठ प्रशिक्षक श्रेष्ठले ब्याडमिन्टन क्लबले कवर्डहल र खेलाडी उत्पादनका लागी प्राबिधिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
खजुरा गाउँपालिकाले ब्याडमिन्टन क्लबको कवर्डहल निर्माणका लागी यस आर्थिक बर्षमा १० लाख रुपैयाँ विनियोजन गरिसकेको क्लबका सचिव लक्ष्मण कार्कीले जानकारी दिए ।










