नेपालगन्ज : बिहिबार बाँकेमा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बाँकेका प्रमुख जिल्ला आधिकारी राम बहादुर कुरुम्बांगले दिएको जानकारी अनुसार आज बाँकेमा २४ जनामा पोजेटिभ केस देखा परेको हो |
बाँकेको कोहलपुरमा आज मात्रै १७ जनामा कोरोना पुष्टि भएको छ , कोहलपुरमा केहि दिन यता कोरोना संक्रमणको डर उच्च हुदै गएको छ | त्यस्तै आज कोहलपुरमा १७ सहित जानकी गाउँपालिकामा ६ र नेपालगंज उपमहानगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ |











