बाँकेमा मास्क नलगाई हिड्नेलाई कार्वाही गर्दै प्रशासन

नेपालगन्ज – पछिल्लो समयमा बाँके जिल्लामा कोभिड १९ का बिरामीहरु बढ्दै गइरहेको बेलामा बाँके जिल्ला प्रशासन र प्रहरीको संयुक्तरूपमा अनुगमनमा हिडेको टोलीले सडकमा मास्क नलगाई हिड्नेलाई जरिवाना तिराएको छ ।

सडकमा पैदल हिड्ने देखि साइकल,मोटरसाइकल, पसल सञ्चालन गर्नेहरुलाई मास्क नलगाएको देखेमा ठाउँको ठाउँ रु १०० रुपैयाँ जरिवाना तिराएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया