हिजो झुक्याए आज पठाए

नेपालगंज : आइसोलेसन अवधि पूरागरि बाँकेका विभिन्न आइसोलेसबाट शुक्रवार ५१ जना डिस्चार्ज भएका छन् । हिजो बिहिबार हरितालिका तीजको बहानामा आइसोलेसन अवधि भन्दा एक दिन अगावै डिस्चार्ज गर्न लागिएको खवर बाहिरिएपछि विरोध भएको थियो ।

सामाजिक संजालमा चर्को विरोधपछि प्रशासनले उनीहरुलाई रातको १२ बजे डिस्चार्ज गर्ने आश्वासन दिएको थियो । तर, आफूहरु रातको १२ बजे डिस्चार्ज नहुने अडान संक्रमितले राखेपछि उनीहरुलाई विहानै डिस्चार्ज गरिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले सामाजिक संजाल फेसबुकमा  तिजको दिनलाई मध्यनजर गर्दै आइसोलेसना अवधिको एक दिन अगावै ५१ जना संक्रमितलाई घर पठाउनको लागि छलफल हुदै गरेको आसेको स्टाटस हालेका थिए ।

उक्त  स्टाटस संगै ५१ जना संक्रमितहरु घर जाने तयारि गरेका थिए भने, उनीहरुलाई डिस्चार्ज हुन लागेको भन्दै बधाई समेत दिने क्रम सुरुभएको थियो तर सामाजिक संजलमै बिरोध पनि भए पछी अन्तिम समयसम्म घर पठाउने कुरा चल्दै गरे पनि पछी राति बाह्र बजे जान इच्छुक जान सक्ने भनेर खबर आएको वक संक्रमितले बताए ।

हामि मध्ये रातमा किन जाने भन्दै हामीहरुले रातमा नजाने अडान लियौ र बिहान डिस्चार्ज भएका छौ, उनले बताए ।  

नेपालगन्जका ब्यापारी नेता कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहाल पनि शुक्रवार विहान डिस्चार्ज भएका छन् । उनीहरु संगै बाँकेबाट आज मापदण्ड अनुसार १४ दिन आइसोलेसन अवधि पुरा गरेका ५१ जनालाई थप ७ दिन होम आइसोलेसनमा बस्ने गरि डिस्चार्ज गरिएको छ ।

प्रतिक्रिया