दुई दिन दुई फरक छुट पुर्जी, मिलोमतोमा स्रोत दोहनको आरोप

नेपालगन्ज : राप्तिसोनारी गाउँपालिकाले एक पछि अर्को सुचना जारी गर्दै मिलोमतोमा प्राकृति स्रोत साधन उठाउन छुट पुर्जी जारी गरेको छ ।

पहिलो दिन भदौ ३ मा निसा निर्माण सेवा , कालिकोटको नाममा खैरिखोला र कचनापुरको राप्ती किनार निरको ढुङ्गा प्रचलित राजस्व तिरेको हुदा उठाउन पाउने भन्दै निर्णय गरेको थियो ।

तर कचनापुर प्रहरी चौकीको टोलिले माथेबासको ढुङ्गा उठाउदै गर्दा दुई वटा टिप्पर र एउटा जेसिबी नियन्त्रणमा लिएको थियो । छुट पुर्जिमा माथेबासको ढुङ्गा उठाउने कुरा उल्लेख नगरेको र माथेबासको ढुङ्गा उठाउदै गरेकाले ती साधन नियन्त्रणमा लिएको कचनापुर प्रहरी चौकिका प्रमुख होम बहादुर बिकले बताएका छन् ।

उक्त घटना संगै राप्तिसोनरी गाउँपालिकाले पुनः ४ गते निसा निर्माण सेवाको नाममा माथेबासको पनि ढुङ्गा संकलन गर्न पाउने भन्दै अर्को छुट पुर्जी बनाइए पछि बिरोध सुरु भएको छ ।


राप्तिसोनारी गाउँपालिका वडा नम्बर दुइका अध्यक्ष मादन कुमार ओलिले गाउँपालिका अध्यक्षको मिलोमतोमा उक्त निर्माण सेवालाई थप राजस्व र थप कति परिणाममा माथेबासको ढुङ्गा संकलनको लागि दोस्रो दिन अनुमती दियो त्यो नखुलाएरै अर्को निर्णय गरेको छ जो नियम संगत नभएको जिकिर गरेका छन् ।

उता राप्तिसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले भने पहिलो दिनको पत्र प्राबिधिक त्रुटीले गर्दा चिठी तयार गर्दा एक स्थानको नाम छुटेकाले दोस्रो पत्र तयार गरिएको बताएका छन् ।

हेर्नुस गाउँपालिकाले तीन र चार गते जारी गरेको छुट पुर्जी

३ गते जारी गरेको छुट पुर्जी
४ गते जारी गरेको छुट पुर्जी

प्रतिक्रिया