नेपालगन्ज : बाँकेमा जोर विजोर प्रणाली उलघंन गर्नेहरु कार्वाहीमा परेका छन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गका अनुसार नियम उलघंन गर्नेहरुलाई जरीवाना गराइएको छ । प्रमुख जिल्ला अधिकारीका अनुसार भाद्र ४ गते १ सय ४६ सवारी साधनहरुलाई कार्वाही गरिएकोमा भाद्र ५ गते हिजो शुक्रबार ५० सवारी साधन लाई कार्वाही गरिएको हो ।
४ र ५ गते सावारी साधनलाई गरिएको कार्वाही बाट ६१ हजार १ सय राजस्व संकलन भएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले जानकारी दिनुभयो ।











