डुडुवा : डुडुवा गाउँपालिका वार्ड नं. ६ का वडाध्यक्ष मोहनराम मिश्र र वडा नं. ३ का वडाध्यक्ष भण्डारीलाल यादवको समुहले गाउँपालिकाका कर्मचारीलाई गालीगलौज गरि दुव्र्यवहार गरेको छ ।
वडाध्यक्ष मिश्रको नेतृत्वमा करिब ३० जनाको समूहले गाउँपालिका कार्यालयमा विभिन्न विषयमा सूचना माग गर्ने क्रममा सूचना अधिकारी सञ्जयकुमार कर्णलाई गाली गलौज गरि अपशब्द, अभद्र शैलीसहितको गरिएको दुव्र्यवहारको घटनाप्रति पालिकाका कर्मचारीले गम्भीर ध्यानाकषर्ण भएको जनाएका छन ।
कार्यालयका सूचना अधिकारी आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला वडाध्यक्ष मिश्र नेतृत्वको समुहले सूचना माग निवेदन दर्ताको प्रक्रियाकै क्रममा मिश्रले गाली गलौज, अपशब्द प्रयोग गरि धम्कीपुर्ण शैलीमा गरिएको दुव्र्यवहारको घटनाले कार्यालयका सम्पूर्ण राष्ट्र सेवक कर्मचारीको इज्जत मानप्रतिष्ठामाथी नै आँच आउने र कर्मचारीलाई काम गर्ने बातावरण नहुनुले असुरक्षित महसुस गर्दै सो घटनाको घोर भत्सर्ना तथा निन्दा गरिएको छ ।
पालिकाका बरिष्ठ कर्मचारीहरुले आज प्रेस विज्ञप्ती निकालेर सूचनाको हकले सबै नागरिकलाई थाहा पाउने अधिकार प्रत्याभुत गरेतापनि कार्यालयका कामकारवाही तथा प्रक्रियाका बारेमा सूचना पाउने अधिकार अन्र्तगत कानून बमोजिम सूचना उपलब्ध गराउने प्रावधान हुदा हुदै र वडाध्यक्ष स्वयम् गाउँपालिकाको कार्यपालिका सदस्यको भुमिकामा रहेकाले उहाँ जस्तो व्यक्तीबाट कर्मचारीप्रति गरिएको अमानविय व्यवहारले उहाँको नैतिकतामाथीको समेत प्रश्न उठाएको उल्लेख छ ।
गाउपालिकासंग केही विषयमा वाद विवाद तथा चित्त नबुझेको खण्डमा सोझै पालिका प्रमुख तथा कार्यपालिका बैठकमा समेत राख्न पाउने व्यवस्था हुदा समेत निज मिश्रले एउटा कर्मचारीप्रति गरेको गलत व्यवहारले आगामी दिनमा गाउँपालिका नै असुरक्षित हुने बाताबरणको श्रृजना भएको देखिन्छ ।
राजनितिक विवाद र प्रतिपक्षको भ्ुमिकालाई एउटा सूचनाको हकसंग जोडेर गाउँपालिकालाई बदनाम हुने गरि गरिएको कार्यलाई तत्काल बन्द गर्न यस विज्ञप्तीमार्फत आवहान गरिएको छ । सूचना माग्ने बहानामा कार्यालयका कर्मचारीलाई गाली गलौज, अपशब्द र अभद्र शैलीमा दुव्र्यवहार गर्नेलाई आवश्यक छानविन गरि कडा भन्दा कडा कारवाहीको माग गर्दै पालिकाका सम्पुर्ण कर्मचारीको काम गर्न सुरक्षित वाताबारणको तत्काल व्यवस्थापन गर्नसम्वन्धित निकाय समक्ष जोडदार माग गरिएको विज्ञप्तीमा भनिएको छ ।
साथै गाउँपालिकासंग कुनै गुनासो, उजुरी तथा सूचना मागको चाहना भए हुलहुज्जत नगरि सभ्य तरिकाले प्रक्रियागत रुपमा आउन विज्ञप्तीमार्फत अनुरोध समेत गरिएको छ ।









