घरदैलोमै पशु सेवा दिदै जानकी गाउँपालिका

जानकी गाउँपालिका कार्यालय

नेपालगन्ज – जानकी गाउँपालिकाको पशु सेवा शाखाले कृषकको घरदैलोमा सेवा दिदै आएको छ । गाउँपालिका पुर्व स्थानीय कृषक खजुरा तथा नेपालगन्जकै भरपर्नु पर्ने अवस्था रहेकोमा हाल भने कृषकको घर दैलो मै सेवा दिदै आएको जानकी गाउँपालिका पशु स्वास्थ अधिकृत तिलक प्रसाद आचार्यले बताएका छन् ।

‘ अवस्था हेरेर घरदैलोमै पशु सेवा शाखाले सेवा दिदै आएको छौं , हामिले सम्भव भए सम्मका लाई पशु सेवा शाखामा ल्याउन भन्छौं कतिपय अवस्था गाउँपालिका सम्म ल्याउन सक्दैनन् किसानहरु त्यस्तो अवस्थामा घरदैलोमै पुगेर सेवा प्रदान गर्छौ’ , आचार्यले बताए ।

गाउँपालिकाको पशु सेवा शाखाले उपचार सेवा , बन्ध्याकरण सेवा , कृतिम गर्भधारण सेवा , प्रयोगशाला सेवा संगै विभिन्न किसिमका घासका बिउहरु उपलब्ध गराउदै आएको छ ।

यो महिना मात्रै हिउँदे घासको बीउ १२ सय ५२ कृषक परिवारलाई एक हजार ५० किलो घासको बीउ वितरण गरेको अधिकृत आचार्य बताउछन् ।






प्रतिक्रिया