नेपालगंज : बाँके जिल्लामा पसिआर चेकजाँचकको दायरा फराकिलो पार्न सहयोग गर्न चाहनुहुन्छ भने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेलाई सहयोग गर्न सक्नु हुनेछ ।
पिसिआर चेकजाँचलाई फराकिलो पार्न भिटिएम सहयोग गर्न चाहाने व्यक्ति, संस्था, गैरसरकारी संस्था तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाले सहयोग गर्न सक्ने र त्यसका लागि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् ।
बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै लेखेका छन् – बाँके जिल्लामा पिसिआर जाँचको दायरा फराकिलो बनाउनका लागी भिटिएम सहयोग गर्न चाहने ब्यक्ती /सँस्था / गैरसरकारी संस्था तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले स्वास्थ्य कार्यालय वा ९८५८०६०१५८ र ९८५८०५१४१४ मा सम्पर्क राख्नुहुन अनुरोध ।
तस्बिर: केशब बिसी ,आज दुर संचार कार्यालय नेपालगंजका कर्मचारी तथा सुरक्षा गार्ड गरेर ६५ जनाको स्वाब लिइएको छ |











