नेपालगंज : बाँकेमा जोर बिजोर प्रणाली अनुसार मात्रै सवारिसाधन प्रयोग गर्ने पाउने व्यवस्था भए संगै बाँके प्रहरीले हरेक दिन नेपालगन्जमा कडाइका साथ् उक्त नियम पालना भए नभएको चेकजाँच गर्दै आएको छ भने जोरबिजोर प्रणालीको उलंघन गर्नेलाई कारवाहीको अभियान समेत जारि छ ।
जोर बिजोर प्रणाली उलंघन गरि जोर को दिन बिजोर र बिजोर को दिन जोर सवारीसाधन प्रयोगमा ल्याउनेलाई बाँके प्रहरीले धमाधम कारवाहीको अभियान लाई निरन्तरता दिदै आएको छ ।
आज अर्थात मंगलबार बाँकेमा बिजोर नम्बरका सवारीसाधन मात्रै प्रयोगमा ल्याउन पाइने छ भने जोर अंक भएका सवारिसाधना आज चलाउन पाइने छैन । आज सवारीसाधनको अन्तिम नम्बर ०, २, ४, ६, र ८ आउने सवारीसाधन चलाउन पाइने छैन ।
बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिए पछी बाँके प्रशासनले लगाएको निषेधाज्ञा खोले पनि सवाधानी अपनाउन र भिडभाड नगर्न भन्दै जोर बिजोर प्रणाली सुरु गरेको थियो । जसको उलंघन गर्नेलाई बाँके प्रहरीले जरिवाना गर्ने गरेको छ।











