बाँकेको आइसोलेसनामा १७७, निको हुने दर बढ्दै

नेपालगंज : बाँकेमा हालका दिनमा कोरोना संक्रमण दर संगै निको भएर घर जानेहरुको संख्यामा समेत बृद्दी भएको छ ।  

बाँकेमा आजका दिनसम्म निको भएर घर फर्कनेहरुको संख्या ६५४ रहेका छन् भने आज मात्रै बाँकेमा कोरोना जितेर घर फर्कनेहरु २६ जना रहेका छन् ।

दैनिक रुपमा बाँकेमा कोरोना संक्रमण बढी रहेको अवस्थामा बाँकेमा हालका दिनमा कोरोना जितेर घर फर्कनेहरूको संख्या समेत उत्तिकै भएका कारण जनजीवन सामान्य जस्तै लाग्छन ।

बाँकेमा पसलहरु खुलेका छन्, व्यवसायहरु चलेका छन्, बजारमा मानिसको भिड समेत उस्तै छ , बाँकेमा ८३५ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने ६५४ जना निको भएर घर फर्किसकेका छन् | त्यस्तै बाँकेमा ४ जनाको कोरोनाकै कारण मृत्यु समेत भैसकेको छ ।

जिल्ला जनस्वास्थ कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा पिसिआर चेकजाँचलाई अझ फराकिलो बनाउन जरुरि छजसको लागि जनस्वास्थ्यले सहयोग समेट आव्हान गरेको छ ।

प्रतिक्रिया