बाँकेमा कोरोना जित्नेक्रम बढ्दो, भोली थप ६ जना डिस्चार्ज हुदै

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै जादाँ निको भएर घर फर्कर्ने क्रममा पनि उल्लेख्य वृद्धि भइरहेको छ ।

भोली १० गते बुधबार कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका थप ६ जना डिस्चार्ज हुदै छन । जसमा पुरुष संक्रमित ४ जना र महिला संक्रमित २ जना रहेका छन । उनिहरु नेपालगन्जका ४ जना रहेका छन भने २ जना खजुरा गाउँपालिकाका संक्रमित रहेका छन ।

बाँकेमा भोलि सम्म ६६० जना डिस्चार्ज भैसक्नेछन भने १७९ जना विभिन्न आइसोलेसनमा उपचार गराइरहेका हुनेछन । बाहिरी जिल्लाको १ जना गरि कुल १८० जना आइसोलेसनमा रहेको स्वास्थ कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया