क्वारेन्टिन नियम तोडेको भन्दै अष्ट्रेलियामा एक महिलालाई ६ महिनाको जेल सजाय तोकिएको छ ।
२८ वर्षीय महिलालाई अत्यधिक प्रभावित भिक्टोरिया क्षेत्रबाट पश्चिमी अष्ट्रेलिया जाने अनुमति दिइएको थियो जहाँ उनी १४ दिनसम्म होटलमा क्वारेन्टिनमा नबसेपछि उक्त सजाय तोकिएको हो ।
– कोभिड–१९ का संक्रमित बढेका कारण दक्षिण कोरियाको सियोलमा ११ सेप्टेम्बरसम्म स्कूल बन्द गरिएको छ । यहाँ दुई हप्तामा २ सय बढी बालबालिका र कर्मचारी संक्रमित भएका छन् ।
स्रोतः बीबीसी











