बाँकेमा आज सम्मकै बढी कोरोना केस, एकैदिन ६७ संक्रमण पुष्टि

नेपालगन्ज : बुधबार बाँकेमा एकैदिन ६७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । यो बाँकेमा यो संख्या अहिलेसम्मकै बढी हो ।

भेरी अस्पतालमा गरिएको परिक्षणमा बाँकेमा ६७ सहित बर्दियाको एक जनामा समेत कोरोना पुष्टि भएको छ ।

बाँकेका प्रजिअ राम बहादुर कुरुम्बाङ्ले दिएको जानकारी अनुसार बाकेको कोहलपुरमा ५१ , नेपालगन्ज उपमहानगरपालिकामा १५ र बैजनाथ गाउँपालिकामा १ गरि ६७ जनामा आज कोरोना पुष्टि भएको हो ।

त्यस्तै बर्दियाको बासगढिमा समेत एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया