होटल आइसोलेसनमा बस्दा कति तिर्ने ? नयाँ दर यस्तो !

नेपालगन्ज : नेपालगन्जको होटल सिटी प्यालेसमा स्थापना गरिएको कोरोना आइसोलेसन सेन्टरमा संक्रमितका लागि लाग्ने खर्चमा फेरबदल गरिएको छ ।

संक्रमितहरुको आर्थिक अवस्थालाई मध्यनजर गर्दे होटलले नयाँ शुल्क निर्धारण गरेको होटलका सन्चालक लोकेन्द्र अर्यालले जानकारी दिएका छन । स्वास्थ्य कार्यालय र नेपालगन्ज उप महानगरपालिकाले नेपालगन्जको सिटि प्यालेस होटललाई आइसोलेसन सेन्टरका रुपमा छनोट गरेका थिए । होटलका सन्चालक अर्यालका अनुसार अब संक्रमितले आफुनुकुल हुने गरी सूविधा लिने छन् भने सोही अनुसार खर्च लाग्ने छ । तर न्यूनतम सेवा सूविधाको गुणस्तरमा कुनै प्रकारको सम्झौता नगरिने उनले बताए ।

नयाँ निर्धारण गरिएको शुल्क अनुसार, प्रतिदिन सिङ्गल कोठा एसि रु ४ हजार, डबल कोठा एसि रु २५ सय, सिङ्गल कोठा एसि रु ३ हजार, डबल कोठा एसी रु १७ सय ५०, डबल कोठा एसी नचलाएर रु १५ सय, हल बेड एसी सहित रु १ हजार कायम गरिएको सन्चालक अर्यालले जनाएका छन । हलबेडमा सूविधा सम्पन्न हलमा आइसोलेसन बस्ने व्यवस्था मिलाइएको छ । होटल आइसोलेसनमा बस्दा अन्य आइसोलेसन भन्दा सेवा सुविधा र सुरक्षाको राम्रो प्रवन्ध हुने भएकाले संक्रमितको रोजाईमा होटल पर्ने गरेको छ ।

सुविधामा बिहानको नास्ता, बिहानको खाना, दिउसोको खाना, साझको खानाको व्यवस्था गरिएको छ ।

प्याकेज अनुसार खाना नास्ताको मेनु फरक हुने भएकाले मुल्य फरक भएको बताउँदै अर्यालले भने,–‘ बिहानको नास्ता, बिहानको खाना, दिउसोको खाना, साझको खाना त सबैलाई बराबर हुन्छ । यसको गुणस्तर र सूविधामा कुनै पनि सम्झौता हुँदैन । तर त्यस बाहेकको थप मेन्यु यदि कसैले चाह्यो भने मुल्य फरक हुने छ ।’

न्यूनतम मूल्य रु १ हजार कायम भएकाले अब उक्त आइसोलेसनमा बस्न सहज हुने छ । सेल्फपेयड आइसोलेसनका रुपमा सिटी प्यालेस र होटल इन्द्रेणीलाई मान्यता दिइएको छ ।

प्रतिक्रिया