नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण तिव्र गतिमा बढिरहेका बेला नेपालगन्ज मेडिकल कलेजले एक सय बेडको कोरोना डेडिकेटेड वार्ड सन्चालन गर्ने भएको छ ।
विरामिहरुलाइृ उपचार गराउन सहज होस भन्ने हेतुले पछिल्ला दिनहरुमा लक्षण भएका बिरामीहरुको संख्या बढ्दै गएका कारण र कोरोना संक्रमितहरुको उपचार थप जटिल बन्दै गएको भन्दै यस्तो सुविधा थप गर्न लागेको अस्पतालका सहायक निर्देशक डा. नितेश कुमार कनौडियाले जानकारी दिएका छन ।
समयमा उपचार नै नपाएर संक्रमित बिरामीहरुको मृत्यु हुन सक्ने अबस्था आउन नदिन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आईसियू सहितको ५० बेडको प्रि आइसोलेसन वार्ड (कोभिड(१९ का शंकास्पद बिरामीका लागी) यस अघि नै संचालनमा ल्याइसकेको छ । अब एक सय बेडको कोरोना डेडिकेटेड वार्ड संचालन गर्न लागिएको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिएका छन् ।
ती सबै बेडमा २४ घन्टा सहज रुपमा अक्सिजन सप्लाई उपलब्ध हुने अस्पतालले जनाएको छ ।











