नेपालगन्ज : पुर्वमन्त्री तथा बाँके क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद मोहम्मद इस्तिायक राइले नेपालगन्ज उपमहानगरपालिकाले निकालेको विज्ञप्तीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।
पुर्वमन्त्री राइले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजनागरी उपमहानगरपालिकाको विज्ञप्तीले नगरबासीलाई थप भ्रमित बनाएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारेका हुन । संघीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको डेढ करोड रकमबाट आफुले भेरी अस्पताललाई भेन्टिलेटर खरिदका लागि उपलब्ध गराएको रकम कार्यान्वयन नगरी उल्टै फ्रिज गराउने अवस्थामा पुर्याउनु दुर्भाग्यपूर्ण भएकोमहानगरपालिकाले जनतालाई धोका दिएको बताए ।
उक्त रकम नेपालगन्ज उपमहानगरपालिकाले कार्यान्वयन गर्न नसक्नु र दोष उल्टै आफुलाई दिनु राजनीतिक बैइमानी भएको राईको भनाइ छ । नेपालगन्ज उपमहानगरपालिकाले रकम सदुपयोग गर्न नसकेर दोष उल्टै आफुलाई दिएकोमा राइले आक्रोस पोखे । उनले आफुले जनहितमा काम गरेको भन्दै यदी आफु दोषी ठहर भए राजनीतिबाटै सन्यास लिने चेतावनी दिएका छन ।
संघीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट नियमपूर्वक उपमहानगरपालिकामार्फत भेरी अस्पतालमा भेन्टिलेटर खरिद गर्न उपलब्ध गराएको स्पष्ट पार्दै उनले बजेट ढिला गरी प्राप्त भएकाले कार्यान्वयन गर्न सकिएन भन्ने उपमहानगरपालिकाको भनाइमा कुनै सत्यता नभएको उनले स्पष्ट पारे । जुन रकम नेपालगन्ज उपमहानगरपालिकाले प्राप्त गरेको छ उसैले नै सांसद तथा जिल्ला समन्वय समितिलाई जानकारी गराउनु पर्नेमा सांसदले जानकारी गराएन भन्नु तर्क सम्बत नभएको राईको भनाइ छ ।
यस्तो कोभिड १९ को यस्तो विपदमा पनि उपमहानगरपालिकाले भेन्टिलेटर खरिदका लागि दिइएको रकम फ्रिज गराउनु निन्दनीय भएको उहाँको भनाइ छ । कार्यक्रममा प्रदेश सांसद विजय यादव, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, जिल्ला अध्यक्ष कमरुद्दिन राईलगायतको उपस्थिति रहेको थियो ।











