नेपालगन्ज : बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार पुग्न थालेको छ । दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै जादाँ संक्रमितको संख्या बुधबार साझ सम्म ९२० पुगेको हो ।
बुधबार साझ सम्मको रिर्पोट अनुसार जाचँ प्रक्रियामा अझै २२४ रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । हालसम्म बाँकेमा १८ हजार ७ सय ४६ स्याम्पल कलेक्सन भएको छ । जसमा १७ हजार ६ सय २ जनाको नेगेटिभ रिर्पोट आएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।
बाँकेमा आइसोलेसन सेन्टर र अस्पताल गरेर १६ वटामा कोरोना संक्रमितहरुलाई राखेर उपचार तथा हेरचाह गरिएको छ । बाँकेमा कोरोना संक्रमितको लागी २१ वटा भेन्टिलेटर, ५३ वटा आइसियु वेड संख्या र कोभिडका लागी ४५३ बेड संख्या हाल सम्म रहेको जनाइएको छ ।











