शुक्रबार विहान ८५ वर्षिय पुरुष सहित ११ जना डिस्चार्ज हुदैं

नेपालगन्ज : बाँकेमा शुक्रबार ११ जनाले कोरोना जितेर डिस्चार्ज हुने भएका छन । जसमा कोहलपुर ५ का ८५ वर्षिय पुरुष पनि रहेका छन ।

स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आइसोलेसन मापदण्ड पुरा गरेका कोरोना जितेकालाई विदाई गरिन लागीएको हो ।

बाँकेमा ९५६ कोरोना संक्रमित रहेकोमा ६९३ जना डिस्चार्ज भइसकेका छन । आइसोलेसनमा हाल २५७ जना रहेका छन भने ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया