नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले आज पत्रकार भेटघाट गर्दै छन् । मेयर राणाले आज शुक्रवार दिउँसो १ बजे पत्रकार भेटघाट कार्यक्रम राखेको उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माले जानकारी दिए ।
नेपालगन्जका समसामयिक विषयमा मेयर राणाले आफ्ना धारणा राख्नेमा दुईमत नभएपनि कुन विषयबस्तुलाई जोड दिनेछन भन्नमो अहिले चर्चा चलिरहेको छ ।
नेपालगन्जका संघीय सांसद तथा पुर्व मन्त्रि मोहमद ईस्तियाक राईसंग सार्वजनिकरुपमा आरोप प्रत्यारोप चलिरहेका बेला मेयर राणाको पत्रकार भेटघाट हुँदै छ ।
पुर्व मन्त्रिले पत्रकार सम्मेलन गरेरै मेयर राणाका कारण विकासमा बाधा पुगेको बताएपछि त्यसको जवाफ दिन मेयर राणाले आज पत्रकार सम्मेलन गर्न थालेको हुन सक्ने अनुमान लगाइएको छ । सांसद विकास कार्यक्रमको रु १ करोड ५० करोड फ्रिज भएको विषयमा सांसद र मेयरबीच केहि दिन यता आरोपप्रत्यारोप चलिरहेको छ ।
आज आयोजना गर्ने पत्रकार भेटघाटमा अन्य विषयबस्तु भएपनि मेयर राणालाई बाँकेका पत्रकारले संघिय साम्सद विचको टकरावको विषय र डेढ करोड फ्रीजको विषयलाई उठान गर्नेनै छन ।











