उपमहानगरपालिकाको कोरोना खर्च ४ करोड ७ लाख बढि

खगेन्द्र दाहाल, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले कोरोना संक्रमण रोकथाम र व्यवस्थापनका लागी हाल सम्म ४ करोड ७ लाख बढि खर्च गरेको छ ।

उपमहानगरपालिकाले एक कार्यक्रम आयोजना गर्दै प्रकोप व्यवस्थापन कोष र वडाहरुले प्रदान गरेको राहत सहित ४ करोड ७ लाख ४७ हजार ७ सय ७० रुपैया खर्च भैसकेको जनाएको छ । जसमा उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा संघीय सरकार, ५ नम्बर प्रदेश सरकार र नेपालगन्ज उपमहानगरपालिका स्वयमले १ करोड ५१ लाख ३७ हजार ५ सय ७५ जम्मा गरिएको थियो ।

त्यस्तै व्यवसायिक फर्म, संघ सस्था, बैंक, वित्तिय, सहकारी तथा लघुवित्तिय सस्था, कर्मचारीहरु र विभिन्न व्यक्तिहरुले रकम गरि कुल एक करोड ७१ लाख अठहत्तर हजार १ सय ४६ रुपैया जम्मा भएको उपमहानगरपालिकाले उपलव्ध गराएको डाटाले जनाउछ ।

प्रकोप व्यवस्थापन कोष तर्फ जम्ममा भएको रकम मध्य १ करोड ५२ लाख १३ हजार ५ सय २० खर्च भैसकेको छ भने १९ लाख ६४ हजार ६ सय २५ रुपैया बजेट खर्चहुन बाकिं रहेको उपमहानगरपालिकाका उप मेयर उमा थापा मगरले जानकारी दिइन ।

उपमहानगरपालिकामा रहेको २३ वटै वडा कार्यालयले १ लाख देखि २८ लाख सम्मको राहत वितरण गरेको खर्च देखाएका छन । २३ वटै वडाले १४ हजार ५ सय ११ जनालाई राहत वितरण गरेको भन्दै कुल २ करोड ५५ लाख ३४ हजार, २५० रुपैया खर्च देखाएका हुन ।

२३ वटा वडाले गरेको राहत खर्च
प्रकोप व्यवस्थापन कोष मार्फत भएको आम्दानी र खर्च विवरण

प्रतिक्रिया